भेरी बस व्यवसायी प्रा. लि. को बारेमा
नेपालगञ्ज लुम्बिनी प्रदेशको बाँके जिल्लामा पर्ने नेपालको एक प्रमुख शहर हो । भारतको रुपैडिया सिमना नजिक पर्ने यो शहर दुइ देश बिचको व्यापार सम्वन्धका कारणले महत्त्वपूर्ण छ । लुम्बिनी प्रदेशको पश्चिम भाग तथा कर्णाली प्रदेशको प्रमुख व्यापारिक केन्द्र भएको कारण यहाँ धेरै मनिसहरुको ओहोर दोहोर हुने यस ठाउँ यातायात केन्द्र मध्ये एक हो । २०४६ सालमा स्थापित भेरी अंचल यातायात व्यवसायी संघ बाँके जिल्लाको पुरानो सार्वजनिक यातायात व्यवसायी समिती हो । नेपालगञ्जबाट यात्रुहरुलाई सुविधायुत्त यातायात दिदै आएको यस संस्थाले देशको विभिन्न भागका शहरहरुमा पनि आफ्नो सेवा प्रदान गर्दै आएको छ । अटो, नगरबस, दिवा–रात्री बस,डिलक्स, एसी सञ्चालन गर्दै आएको यस संस्थाको २०७६ देखी नेपाल सरकारको नीति आनुसर भेरी बस व्यवसायी प्रा. लि. मा रुपान्तरित भई यात्रु वर्गलाई सुविधा प्रदान गर्दै आएको छ । हाल यस प्रालि का अध्यक्ष श्री डेकनाथ गौतम हुनुहुन्छ ।
यात्रुहरुको चाहना आनुरुप बाँके र बर्दियाको नेपालगन्ज, कोहोलपुर, जयनगर, शान्तिबजार, ठाकुरद्वारा, भुरिगाँउ बाट देशको विभिन्न शहरहरु काठमाडौं, पोखरा, बिरगंज, बेनी, बाग्लुङ, माडी, स्याङजा, वुटवल, दाङ, विराटनगर, काँकडभिट्टा, जनकपुर, दिपायल, बाजुरा, रोल्पा, रुकुम, सल्यान, प्यूठान, पाल्पा, भैरहवा, हेटौडा, सुर्खेत, जाजरकोट, महेन्द्रनगर, धनगढी साथै अन्य स्थानहरुमा करिब ७० वटा रुटमा आफ्नो यातायात सेवा सन्चलन गरिरहेको छ ।
यात्रुवर्गको सुविधालाई ध्यानमा राख्दै यस प्रा.लि ले आधुनिक प्रणालिद्वारा कम्प्युटरको माध्यम्ले काउण्टरबाट टिकट काट्ने गर्दछ जस्ले गर्दा सिट नदोहोरिने हुनाले यात्रुवर्गलाई यात्रा गर्न सहज हुनेछ । साथै घरबाट मोबाईलको माध्यमबाट अनलाइन टिकट काट्ने सुविधा पनि यात्रुवर्गमा उपलव्ध गराइ गुणस्तरिय सेवा प्रदान गर्न एक कदम अगाडी बढाएका छौ र भविष्यमा पनि अन्य सेवा सुविधा उपलव्ध गराई यात्रुवर्गमा सेवा गर्ने छौ भन्ने बिश्वश दिलाँउद छौ।